• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

थप  ५३४ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप  ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

४ हजार १५२ जनामा परीक्षण गर्दा ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले  जानकारी दिएका हुन् । यो सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।

 

हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३८४ रहेको छ । यसैगरी २४ घण्टामा १५७ जना संक्रमित निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । 

 

पछिल्लो २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार