• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

भारतमा पहिलोपटक एकै दिन २ लाख भन्दा धेरै संक्रमित थपिए

नयाँ दिल्ली । महामारी सुरु भएयता भारतमा पहिलोपटक एकै दिन २ लाख भन्दा धेरै संक्रमित थपिएका छन ।

 

भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई लाख ७३९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यस्तै सो अवधिमा कोभिड–१९ का कारण एक हजार ३८ जनाको ज्यान गएको  उल्लेख गरेको छ ।


योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढि पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजार ८ भय भन्दा धेरै छ ।

 

  कोरोनाका कारण भारतमा हालसम्म एक लाख ७३ हजार १२३ जनाको ज्यान गएको छ । 

 

हालसम्म ११ करोड ४४ लाख ९३ हजार भन्दा धेरै कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाएका छन् । भारतमा खोप अभियान पनि जारी छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार