• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

६०३ जना कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ६०३ जना कोरोना संक्रमित थपिएका छन् ।  यो सँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ८१ हजार ५८७ पुगेको छ । 

 

त्यस्तै  १२९ जना संक्रमणमुक्त भएका छन् । देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७४ हजार ४४७ पुगेको छ । 

 

पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ६१ पुगेको छ । 

 

संक्रमितमध्ये १७३ जना काठमाडौं, २० जना भक्तपुर र ६१ जना ललितपुरका गरी २५४ जना उपत्यकाका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार