• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

अहिले लकडाउन गर्नुपर्ने अवस्था छैन : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। अहिले लकडाउन हुन्छ, भरै हुन्छ भन्ने हल्ला सुनिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले नेपालमा लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताए।

 

सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए।

 

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार