• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

साहित्यकार भगवती न्यौपानेको 'बली' सार्वजनिक

काठमाडौं। प्रत्येक बर्ष ठुला चाडपर्व शुरु भएपछि 'बली' प्रथाको पक्ष र विपक्षमा बहस चर्कन्छ । एकातर्फ बली शास्त्रसम्मत भएको दावी गर्दै आएका छन् भने अर्का थरीले विरुद्धमा रहेको विचार राख्छन् । 

 

यसैबीच बली दिएर मात्र धर्म नहुने भन्दै गीतकार तथा साहित्यकार भगवती न्यौपानेले एक गीत तयार पारेकी छन् । 'बली' शिर्षकको उक्त गीतमा कुलेन्द्र बिकको स्वर, राजेश थापाको संगीत तथा भगवती न्यौपानेको शब्द रचना रहेको छ । 

 

गीतकार न्यौपाने हाल अमेरिकामा बस्दै आएकी छन् । प्रवासमा रहेर पनि उनले निरन्तर नेपाली गीत लेख्दै आएकी छन् । गीतमा लक्षु प्रकाश मल्लको एरेन्ज रहेको छ। ‘बली’ गीतको भिडियोमा कलाकार सुरविर पण्डितले अभिनय गरेका छन् । भिडियोलाई गणेश शाहीले निर्देशन गरेका छन् भने फराज अर्पणले छायांकन तथा सम्पादन गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार