• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

कम्तीमा एक महिना विद्यालय बन्द गरौं : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालय कम्तीमा एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ । 


मंगलबार मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कम्तीमा ३० दिन उपत्यकासहित ठूला सहरका विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन सिफारिस गरिएको स्वास्थ्यमन्त्री त्रिपाठीले बताए ।

 

उनका अनुसार विद्यालय बन्द गर्ने विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको छ। यसैबीच आउँदो असारसम्म कोरोना संक्रमितको संख्या उच्च हुने स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेको छ । पत्रकारहरूसँगको कुराकानीमा स्वास्थ्य मन्त्री त्रिपाठीले अहिलेको दरमा कोरोना संक्रमण बढ्दै गए आउँदो असारसम्म संक्रमितको संख्या ६ लाखसम्म पुग्न सक्ने बताए ।

 

त्रिपाठीले अहिलेको संक्रमण दरलाई हेरेर प्रक्षेपण गर्दा आउँदो असारसम्म दैनिक ११ हजार संक्रमित थपिन सक्ने हुँदा त्यसका लागि अहिले नै मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए । 

 

मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा राख्न अहिले उपकरण र सुरक्षा सामग्रीको रेकर्ड सङ्कलन गर्ने काम भइरहेको मन्त्री त्रिपाठीले बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार