• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

म्यानमारमा सेनाले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ८० जनाको मृत्यु

काठमाडौं । म्यानमारमा पछिल्लो पटक भएको सैन्य सत्ताविरुद्धको प्रदर्शनमा ८० जनाको मृत्यु भएको छ।

 

शुक्रबार यांगुन शहर आसपासमा प्रदर्शनकारीमाथि सेनाले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ८० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमको भनाइ छ।

 

म्यानमारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिज्नर्सले ८० जनाको गोली लागेर मृत्यु भएको जनाएको हो। यांगुनको उत्तर पूर्वी शहर बागोमा भएको सैन्य कारवाहीमा मृतक संख्या अझै यकिन गरेर भन्ने अवस्था नरहेको सञ्चारमाध्यमले जनाएका छन् ।

 

विभिन्न स्थानीय सञ्चारमाध्यमले ८२ जनाको मृत्यु भएको बताएपनि मृतक संख्या अझै धेरै रहेको दाबी गरेका छन् । त्यस्तै स्थानीयलाई नजिकका गाउँमा भाग्न बाध्य पारिएकाले घटना एक दिनपछि मात्रै सार्वजनिक भएको हो ।

 

सेनाले त्यहाँ एकमाथि अर्को गर्दै लाश राखेर घेराबन्दी गरेको र शव पनि लगेर गएको प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै सञ्चारमाध्यमले बताएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार