• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानल विजयी (मतपरिणाम सहित)

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको छ । महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्‍न भएको निर्वाचनको मतगणना कार्य शनिबार दिउँसो सकिएको हो ।

 

पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा प्रेस युनियनतर्फका उम्मेदवार पोखरेलले विजयी भएका हुन् । महासंघमा युनियनको नेतृत्वमा प्रेस सेन्टर, प्रेस चौतारी (नेपाल–खनाल) समूह सहित ११ संगठनले गठबन्धन गरेका थिए ।

 

विपुलले ६ हजार ९ सय ४२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी निर्मला शर्माले तीन हजार ९ १५ मत ल्याएकी छन् । त्यस्तै पोखरेल प्यानलकै तर्फबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा पोखरेल प्यानलकै बाला अधिकारी र उदय जीएम विजयी भएका छन् ।

 

महासचिवमा प्रेस सेन्टरका रोशन पुरी विजयी भएका छन् । उनले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरेका हुन्। सचिवमा गोविन्द्रप्रसाद निरौला, सिर्जना अर्याल, रायण सुन्दर किलम्बू, दीपेन्द्र चौहान,हेमकर्ण विक, पवन आचार्य विजय भएका छन् । कोषध्यक्षमा प्यानलकै कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार