• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

एनसीसी बैंकका ग्राहकले आगन्तुक रिसोर्ट विशेष छुट पाउने

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले ग्राहकलाई विभिन्न प्रकारका सेवासुविधाहरु प्रदन गर्दै आएको छ।

 

बैंकले ल्याएका विभिन्न प्रकारका नयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरु झन आकर्षित भइरहेका छन्। हालै बैंक र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबिच विभिन्न आकर्षक छुट सुविधा प्याकेजहरुमा सम्झौता भएको छ।

 

बैंक र रिसोर्टबीच एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङका ग्राहक र बैंकका कर्मचारीलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो। रिसोर्टले फुड एन्ड बेभरेजमा १५ प्रतिशत, स्विमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ।

 

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरी कुल १२८ शाखा सञ्चालनमा रहेका छन् भने ८ वटा एक्सटेन्सन काउन्टर सञ्चालित छन्। यस्तै देशभर जम्मा १०७ वटा एटीएम सञ्चालन गरी बैंकले आफ्ना ग्राहकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार