• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

ढल्कोमा संचालित रिक्सामा एनसीसी बैंकको क्यूआर कोड सेवा शुरु

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले कामनपा १७ ढल्कोमा संचालित विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उनीहरूलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन ।

 

क्यूआर कोड मार्फत विद्युतीय भुक्तानीलाई प्रवर्दन गर्ने राष्ट्र बैंकको नीतिअनुसार एनसीसी बैंकले विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको हो । त्यसका लागि बैंकले श्रमिक नेपाल यातायात अटो प्रालीसँग सहकार्य गरेको छ ।

 

कार्यक्रममा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक कडेलले विद्युतीय भुक्तानी अहिलेको आवश्यकता बनिसकेको बताए । उनले भने, ‘स्वस्थ र पारदर्शी बैंकिङ कारोबारमा पनि यसले सघाउ पुर्‍याउने छ ।’ प्रदुषणमुक्त सवारी अटो रिक्सामा प्रदुषणमुक्त भुक्तानी सुरुवात भएको कडेलको भनाई छ । साथै यस प्रकारका कार्यक्रमले देशको समग्र शुसासनमा समेत सकारात्मक प्रभाव पार्दछ ।

 

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० रमेश राज अर्यालले सवारी साधनमा क्यूआर कोड राख्दा ग्राहकहरूले नगद बोक्ने झन्झट नहुने बताए । उनले भने, ‘ग्राहकले तिरेको पैसा एनसीसी बैकमा जम्मा हुन्छ । त्यो पैसा एकातिर सुरक्षित हुन्छ भने अर्कोतिर व्याज समेत आउँछ ।’ अर्यालले क्यू।आर।कोडको प्रयोग व्यापक बन्दै गएको र भोलिका दिनमा रिक्सा चालकले पानीका बोतल किन्नदेखि तरकारी किन्न समेत क्यूआर कोडको सहायता लिनसक्ने बताए । चालकहरूलाई बिना धितो ऋण दिन पनि एनसीसी बैंक तयार रहेको उनले बताए ।

 

काठमाडौं महानगरपालिका १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धरले चालकहरू आफ्नो अनुशासनमा रहनुपर्ने र सम्बन्धित निकायले पनि चालकको गन्तव्य क्षेत्र विस्तार गर्नुपर्ने बताए । उनले हाल १५० को संख्यामा ढल्कुमा विद्युतीय रिक्सा सञ्चालनमा रहेको बताए ।

 

श्रमिक नेपाल यातायात अटो प्रा।लि।का अध्यक्ष डम्बर रानाका अनुसार पाईडलबाट सुरु गरेका व्यवसायी अटो रिक्सामा प्रवेश हुँदासम्म कुनै निकायको सहयोग नपाएको बताए । उनले एनसीसी बैंक आफूहरूको सहयोगी बनेर आएको बताए ।

 

रानाले भने, ‘पाइडल मारेर रिक्सा चलाउनुपर्ने चालक आज विद्युतीय रिक्सासम्म बल्ल–बल्ल आईपुगेका छन् । कुनै पनि वित्तीय संस्थाको सहयोग चालकहरूलाई भएको थिएन् । अहिले एनसीसी बैंकको सहयोग पाएका छौं । हामीले स्वदेशमा उत्पादन हुने बिजुली प्रयोग गरी प्रदुषणमुक्त रिक्सा चलाएका छौं । यसलाई पर्यटन क्षेत्रमा आवद्ध गराउन जरुरी छ ।’

 

नेपाल ट्रेड युनियन महासंघका सचिव सोम तामाङ्ले श्रमिक वर्गलाई लक्षित गरी एनसीसी बैंकको क्यू।आर।कोड कार्यक्रम ल्याइएकाले यसबाट चालक र ग्राहक दुवै लाभान्वित हुने बताए । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार