• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
मनोरञ्जन

नवीनको निर्देशनमा सन्दीप र रोशनीको अभिनय

काठमाडौं। आर्टमाण्डुको भिडियो प्रडक्सनमा म्युजिक भिडियो 'शिशिर वसन्त' सार्वजनिक भएको छ। कर्णेश राजथलाको आवाजमा समावेश रहेको गीतले दुर्गम पहाडको नर्स र परिस्थिति बस बनेको एक विद्रोही बिचको सम्बन्धको कथा बोलेको छ ।  

 

सन्दीप श्रेष्ठ र रोशनी कार्कीको अभिनय रहेको गीतको भिडियोमा हेम थापाको शब्दले वसन्त/शिशिरको प्रेमकै गहिराईलाई देखाउन खोजेको छ। लय सिर्जना पनि यो गीतमा थापाकै रहेको छ ।गीतमा संगीत संयोजन मन्जिल विक्रम केसीले गरेका छन् भने मिक्सिङ्गर मास्टरिङ्ग कोविद बज्रको रहेको छ ।  

 

मनाङ र लम्जुङ्गको मनै छुने स्थाहरुमा सुटिङ गरिएको गीतलाई निर्देशन÷सम्पादन नवीन भट्टले गरेका हुन् । गीतमा कलरिङ्ग चानस पुन मगरले गरेका हुन् । भिडियोलाई आर्टमान्डुको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार