• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

नेपाली जनतालाई फेरि निरंकुशताको जाँतोमा पिस्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले नेपाली जनतालाई फेरि निरंकुशताको जाँतोमा पिस्ने षड्यन्त्र भइरहेको  बताएका छन्।

 

पश्चिम रुकुममा आयोजित आर्थिक समृद्वि, सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरबाट अनेक षडयन्त्र भएको उल्लेख गर्दै नेपाली जनतालाई फेरि विभेद अपमान गर्ने षडयन्त्र भइरहेको बताएका हुन ।

 

एमाले प्रवेश गरेका नेताहरुलाई संकेत गर्दै आफूलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरुलाई आफैले गृहमन्त्री बनाएको र स्थायी कमिटीमा लगेको बताए । उनले भने, ‘सायद मैले गल्ती गरें । मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नुपथ्र्यो । नियुक्ति, पार्टीको पदहरुमा पदोन्नति गर्नुपथ्र्यो ।’

 

उनले सोझासीधा, शहीद तथा घाइतेहरुका परिवार ओझेलमा परे जस्तै जाली फटाहाहरुबाट हेडक्वार्टर घेरिए जस्तो भएको पनि उल्लेख गरे । आफूले कहिल्यै पनि देश र जनताको हितमा दायाँ–बायाँ नगरेको दाबी गर्दै अब जनयुद्ध र जनआन्दोलनमा इमानदारी साथ लागेका नेता कार्यकर्तालाई अगाडि बढाउने प्रतिबद्धता पनि जनाए। 'अब म काठमाडौं भन्दा पनि जनताको काखमा बस्न चाहन्छु,' प्रचण्डले भने । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार