• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

खनाल–नेपाल समूहले गर्‍यो बागमती प्रदेश समानान्तर कमिटी घोषणा

काठमाडौं । नेकपा (एमाले) को झलनाथ खनाल–माधवकुमार नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ ।

 

खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।

 

कमिटीका सह-संयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाईँ रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, वसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मा लगायत रहेका छन् ।

 

कार्यक्रममा १७५ सदस्यीय कमिटी मध्ये १० जना पछि थप गर्ने जानकारी दिइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार