थपिए २ सय ६० कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६० कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ।
यस्तै देशभर ११३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७३ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै १ हजार ९ सय ७९ जना आइसोलेसनमा र ६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ रहेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस