• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
मनोरञ्जन

‘पल पल’मा भुवन र शिशिरसँग ताराको अभिनय 

काठमाडौं। गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा नयाँ गीतको भिडियो रिलीज गरेकी छन् ।

 

सोमबार रिलीज भएको ‘पल पल’ बोलको गीतमा तारा आँफैले अभिनय समेत गरेकी छन् । गीतमा गैरे सुरेशले संगीत भरेका छन् भने प्रताप दासको स्वर तथा तारा अधिकारीको शब्द रचना रहेको छ । गीतका एरेन्जर राजन ईशान हुन् ।

 

भिडियोमा तारासँगै नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्द र शिशिर भण्डारीको अभिनय रहेको छ । शिव ढकालले छायांकन गरेको भिडियोमा नहकुल खड्काको सम्पादन तथा सत्यम रानाको भिएफएक्स रहेको छ भने राजेन्द्र मोक्तानको कलर ग्रेडिंग रहेको छ । बरिष्ठ अभिनेत्री भुवन थापा चन्द, चलचित्र निर्देशक रमेश थापा र गीतकार तारा अधिकारीको संयुक्त कम्पनी चन्द्र विनायक फिल्म प्रोडक्शनले भिडियो निर्माण गरेको हो ।

 

निर्देशक अधिकारीले आफ्ना राम्रा गीतहरुमा आफुले नै मेहनत गर्ने उद्देश्यले यो भिडियो बनाएको बताईन् । बरिष्ठ अभिनेत्री भुवन थापा चन्दले भिडियो निर्देशनमा ताराको भबिष्य गीतकारको रुपमा जस्तै राम्रो रहेको बताईन् । चन्दले कोरोना कहरबीच आफु तत्काल सिनेमाको मुडमा नरहेको बताईन् । यो समयमा केहि म्यूजिक भिडियोहरुको लागि समय दिएको उनले जनाईन् । ‘पल पल’ गीतका संगीतकार गैरे शुरेसले आफ्नो संगीतमाथी न्याय भएको बताए ।

 

अभिनेता शिशिर भण्डारीले गीत राम्रो लागेर आफुले भिडियोमा काम गरेको बताए । लकडाउनमा दुई वटा सिनेमामा काम गरेका भण्डारीले अहिले आफु म्यूजिक भिडियोमा बढि फोकस रहेको बताए । रियल लाईफमा डाक्टर बन्ने चाहना रहेको बताउने उनले म्यूजिक भिडियोमा त्यो सपना पुरा भएको बताए । यो भिडियोमा भण्डारी मेडिकल डाक्टरको भूमिकामा छन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार