• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन सुरु भएको छ । प्रेम कथात्मक चलचित्रमा अर्विन्द राज गुरुङको निर्देशन छ । चलचित्रको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुनेछ ।

 

अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको चलचित्रमा रिस्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ । 

 

नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ मा आफ्नो गायकी कला देखाइसकेकी यान्की योल्मोको पनि चलचित्रमा स्वरसँगै अभिनय रहनेछ । चलचित्रमा निरेम प्रोडक्सन कुवेत र सुप्रिया तामाङको सहयोग छ। चलचित्रमा चञ्चल थापाको छायांकन, रेनिस फागोको कलर ग्रेडिङ रहनेछ ।

 

विभिन्न गुरुङ भाषाको चलचित्रमा अभिनय गरे पनि नेपाली चलचित्र ‘कबड्डी’ मा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले फिल्मको कथा मनपरेकोले आफूले ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ मा अभिनय गरेको खुलाइन् ।

 

उनले आफूलाई धेरै चलचित्रको स्क्रिप्ट र अफर आएपनि ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को स्क्रिप्ट तथा आफ्नो चरित्र मन परेकोले चलचित्रमा अभिनय गर्न राजी भएको बताइन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार