• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

जेठ-असारमा कोरोना संक्रमण दर उच्च विन्दुमा पुग्नसक्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । सरकारले आगामी जेठ–असारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आकलन गरेको छ।

 

अहिले नेपालको अवस्था आतंकित हुनुपर्ने नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए। आइतबार संसद बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए।

 

‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ’ उनले भने । उनले महामारी नियन्त्रणका लागि सरकारले समयमै आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरेको स्पष्ट पारे । मन्त्री त्रिपाठीले गएको पुस २० गते नै कोभिड(१९ खोप प्राप्ति र कार्यान्वयनका लागि सरकारले सबै आवश्यक निर्णयहरू गरेको बताए । 

 

खोप ल्याउन रकम अभाव नहुने भन्दै उनले ‘खोपका लागि ४८ अर्ब बजेट सुरक्षित रहेको पनि जानकारी दिए । त्यति पनि खर्च नहोला ।’ मन्त्री त्रिपाठीले कोरोनामा भएको खर्चको श्वेत पत्र जारी गर्ने प्रतिबद्धता समेत जनाए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार