• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

२६६ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ ।

 

यस्तै  देशभर १ सय २ जना निको भएर घर फर्किएका छन् भने देशभर डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ ।

 

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५३६ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख ८९ हजार ८२४ जनाको पीसीआर परीक्षण भएको छ ।

 

पछिल्लो २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार