• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

सेयर–बजार : नेप्सेमा सामान्य बृद्धि

काठमाडौं । शेयर बजार परिसूचक नेप्से सोमबार सामान्य बढेको छ ।  बैंक, बीमा र फाइनान्स समूहको शेयर घटे पनि अरू समूहको शेयर बढेपछि नेप्से एक दशमलव १३ अङ्कले बढेर २६ सय ५८ दशमलव ७५ विन्दुमा पुगेको छ ।

 

सोमबार व्यापार समूहको शेयर एक सय ३२ अङ्कले, होटल तथा पर्यटन समूहको एक सय १४ अङ्कले, जलविद्युतको ४६, उत्पादनको २४, अन्यको ३३ र माइक्रो फाइनान्स समूहको शेयर ३४ अङ्कले बढेको छ ।

 

७ अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । रकमका आधारमा आइतबारको तुलनामा कारोबार रकम खुम्चिएको छ । आइतबार ९ अर्ब रुपैयाँको किनबेच भएको थियो ।

 

सोमबार ओमी माइक्रो फाइनान्स, सानिमा जनरल इन्स्योरेन्स, राधी जलविद्युत् कम्पनी र एनआईसी एसिया लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । गुराँस फाइनान्सको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार