पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो।
पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय ३ रुपैयाँ पुगेको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने नबढाएको जनाएको छ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस