• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

नेपाल-खनाल समूहद्वारा समानान्तर कमिटी गठन

काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहले काठमाडौँमा पनि समानान्तर कमिटी गठन गरेको छ । बागमती प्रदेश सभाका सदस्यसमेत रहेका बसन्तप्रसाद मानन्धरको नेतृत्वमा कमिटी घोषणा गरिएको हो । 

 

अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहितका नेताहरुलाई ६ महिनाका लागी निलम्बन गरेपछि यस समूह अझ जुझारु भई अघि बढिरहेको छ। यहीबीचमा आइतबार नेपाल-खनाल समूहले समानान्तर कमिटी बनाएको हो। 

 

खनाल–नेपाल समूहले आज बुद्धनगर पार्टी प्यालेसमा जिल्ला कमिटीको भेला आयोजना गरेको छ । भेलालाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल सम्बोधन गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार