• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

आजदेखि शैक्षिक संस्था नियमित सञ्चालन हुने

काठमाडौं । चारदिन देखि बन्द रहेका देशभरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन्। वातावरणमा सुधार आएको भन्दै विद्यालय नियमित गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले प्रदूषण घटेर वातावरणमा सुधार आएपछि सबै शैक्षिक संस्थाका कक्षा पुरानै अवस्थामा सञ्चालन हुने बताए ।

 

बिहीबारदेखि शनिबारसम्म प्रदूषण घट्दो क्रममा रहेकाले अब सबै शैक्षिक संस्था निर्वाध रूपमा सञ्चालन हुने जानकारी दिए ।

 

यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीमा पर्ने भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार