• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

कविता : सम्बोधित

आमाको लागि लेख्न बसेको म;

कल्पित,तरङ्गित,तथाकथित,प्रताडित,कुण्ठित,

संकुचित,भयभित,कुपोषित र संक्रमित मनको असमन्जसतालाई सिर्जनको कन्जुस्ताले सुस्ताएपछि...


                       शब्द स्तब्ध 


                   हविगत स्निग्ध


                  मनोगत  सन्दिग्ध

त्यसपछि...

एकैछिन सोचेँ, हैन

एकछिन मात्र सोचेँ;

आमाको लागि  के लेख्न सक्छु र खै ?

आमाले स्वयं मलाई लेखेकी हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार