• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
रंगमञ्च

बुद्ध थिएटर फेस्टिभलमा यशोधराको पीडा

काठमाडौं । बुद्ध थिएटर फेस्टिभलको छैटौं दिन अभि सुवेदीको लेखन रहेको नाटक ‘विम्बाका सपना’ मञ्चनभएको छ । थिएटर मलमा केही वर्ष पहिले घनश्याम श्रेष्ठको निर्देशनमा मञ्चन भएको यो नाटक शुक्रबार भने माला आर्टस् एकेडेमी काकलाकारले प्रस्तुत गरेका थिए । नाटक सन्दीप डंगोलको निर्देशनमा तयार भएको हो । 

 

एक घण्टा समायावधि रहेको नाटक यशोधराको पीडामा केन्द्रित थियो । सिद्धार्थ गौतम दुधे बालक राहुलको समेत पर्वाह नगरी दुःखको कारण खोज्न दरबार छाडेर हिँडे। यसरी हिँडेको ६ वर्षपछि सिद्धार्थ बुद्ध बनेर फर्किए। यही ६ वर्षको बीचमा यशोधराले भोगेको मानसिक पीडालाई नाटकले प्रभावकारी रुपमा प्रस्तुत गरेको थियो। 

 

नाटककार अभि सुवेदीले यशोधरालाई विम्बाको नामदिँदै उनको अन्तद्र्धन्द्धलाई प्रस्तुत गरेका थिए। शुक्रबार मञ्चनभएको नाटकमा भने सन्दीपले विम्बाको मनस्थितिलाई आत्मसंवाद र मल्टिमिडियोका प्रस्तुति द्धारा अझै रोचक तरिकाले प्रस्तुत गरेका थिए । नाटकमा सिरपा मानन्धर, कृतिका भट्टराई, अनिशा भण्डारी, सिरबानी थापा, अम्बिका बराल आदि कलाकारले अभिनय गरेका छन् ।

 

गत आइतबारबाट सुरु भएको बुद्ध थिएटरका अघिल्ला दिनमा भारत र हङकङका एक एकसहित ५ नाटक प्रस्तुत भइसकेका छन् । राष्ट्रिय नाचघरको प्रेक्षालयमा भइरहेको फेस्टिभलमा मञ्चन भएका सबै नाटकमा बुद्ध र उनको दर्शनलाई केन्द्रमा राखेर बनाइएको नाटक प्रस्तुत गरिएको थियो ।

 

शनिबारको अन्तिम मञ्चन सँगै फेस्टिभलको समापन हुने फेस्टिभल निर्देशक पुष्कर गुरुङले जानकारी दिए । अन्तिम दिन महोत्सवमा विरेन्द्र हमालको निर्देशन रहेको ‘प्रतीत्य सुमुत्पाद’ मञ्चन हुनेछ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार