मेयरकप खेल हेर्न नगरले दियो सार्वजनिक बिदा
काठमाडौ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्नका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको नगरप्रमुख छत्रपति प्याकुरेलले बताए ।
पर्यटन विकास र प्रवद्र्धनलाई खेलकूद क्षेत्रसँग जोड्ने अभियानको कार्यक्रममा चालु आर्थिक वर्षमा १५ लाख रूपैयाँ विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख बद्रीकुमार कार्कीले जानकारी दिए ।
मेयर कपमा सहभागी हुन ताप्लेजुङका नौ पालिकाले पालिकास्तरीय अध्यक्ष कप विजेताले मेयरकप प्रतियोगितामा भाग लिन पाउनेछ । यसअघि नै अध्यक्ष कप सञ्चालन भइसकेको छ ।
मेयर कपमा विजेताले दुई लाख २१ हजार १०० रुपैयाँ र रनिङ कप पाउनेछ । उपविजेता टोलीले एक लाख ११ हजार १०० रुपैयाँ र कप पाउनेछ भने सान्त्वनास्वरूप उत्कृष्ट दुई टोलीलाई जनही ३३ हजार रुपैयाँसहित कप प्रदान गरिने छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस