• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

नेपाल कीर्गिस्तानसँग गोलरहित बराबरीमा रोकियो

काठमाडौं । थ्री नेशन्स कप फुटबल प्रतियोगिता अन्तगर्तको दोस्रो खेलमा नेपाल किर्गिस्तान बिरुद्ध ०–० को बराबरी खेलेको हो । 

 

दुबै टोलीले अङ्क बाँड्दा फाइनलमा पुग्ने टोलीको टुंगो नेपाल र बङ्गलादेशबीच शनिबार हुने खेलबाट निर्धारण हुनेछ। प्रतियोगिता अन्तगर्तको पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको बङ्गलादेश भने फाइनलमा स्थान सुनिश्चित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा बिहीबार सम्पन्न खेलमा नेपालले आधा दर्जनभन्दा बढी उत्कृष्ट अबसर खेर फालेको थियो । 

 

तेज तामाङको फ्रिकिकमा अञ्जन विष्टको हेडर पोष्ट नजिकैबाट बाहिरिएपछि नेपालले चौथो मिनेटमै अग्रता लिने अबसर खेल फाल्यो। ९ औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरियो । 

 

१४ औं मिनेटमा अञ्जन विष्टको क्रस पोष्टमा लागेर उछिट्टिन पुग्दा किर्गिस्तानका डिफेन्डरले पुर्नप्रहारबाट जोगाए । पहिलो हाफसम्म आधा दर्जन पटक नेपालले गोल गर्ने अबसर पायो तर सदुपयोग गर्न सकेनन ।

 

दोस्रो हाफमा अभिषेक रिजाललाई लडाएपछि किर्गिस्तानका कप्तान रातो कार्ड खाएर बाहिरिन पुगेका थिए। तासिभ कामोलिदिनलाई म्याच रेफ्री क्रिष्टल जोनले दोहोरो पहेंलो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । खेलको अन्तिम तीन मिनेट मात्रै बाँकी रहँदा अर्का खेलाडी घाइते हुन पुग्दा किर्गिस्तान नौ खेलाडीमा सीमित हुन पुग्यो ।

 

अब शनिबार हुने खेलमा नेपालले बङ्गलादेशलाई बराबरीमा रोकेको अवस्थामा फाइनलमा पुनः बङ्गलादेशसँगको भेट सुनिश्चित गर्नेछ । तर नेपालले १–० भन्दा बढी गोल अन्तरले हार बेहोरेको स्थितिमा किर्गिस्तानले फाइनलमा बङ्गलादेशको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार