• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
राजनीति

प्रचण्ड-माधव समुहको संसदीय दलको नेतामा फेरी 'प्रचण्ड' चयन 

काठमाडौं । प्रचण्ड-माधव समुहले संसदीय दल औपचारिक रुपमा विभाजन गरेको छ । 

 

शुक्रवार बसेको सो दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो पटक संसदयीय दलको नेतामा चयन गरेसँगै दल विभाजनले औपचारिकता पाएको हो ।  प्रचण्डको नाम माधव नेपालले प्रस्ताव गरेका थिए भने पम्फा भुसालले समर्थन गरेकी थिइन् ।

 

यसअघि पुस ८ गते पनि प्रचण्ड संसदीय दलको नेतामा  चयन भएका थिए । तर, सर्वोच्च अदालतको फैसलाले पुस ५ पछिका सबै कार्यलाई शून्यअवधि मानेकाले वैधानिकताका लागि पुनः दलको नेता चयन गरिएको सांसद झपट रावलले बताए ।

 

प्रचण्ड-माधव समुहले दलको नेताबाट केपी ओली र उपनेता सुवास नेम्वाङ तथा सचेतक शान्ता चौधरीलगायतमाथि गरेको कारवाहीलाई अनुमोदन गरेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार