• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

सुनको भाउ फेरी घट्यो

काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ९ सय रुपैयाँले घटेको छ ।

 

बिहीबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ शुक्रबार ८५ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको भाउ ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ । यो साता आइतबारेदेखि आजसम्ममा मात्रै सुनको भाउ दुई हजार ७ सय रुपैयाँले घटेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार