चलचित्र ‘प्रेमगञ्जको लागि कलाकारको खोजी,फागुन २७ गते थापागाँउमा अडिसन हुने
काठमाडौं । चलचित्र चौतारीको ब्यानरमा नयाँ चलचित्र ‘प्रेमगञ्जको निर्माण हुने भएको छ । लागि कलाकारको खोजी गरिएको छ ।
बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यस फिल्मका लागि मुख्य एक जना नायक र दुई जना अभिनेत्री लगाएत कलाकारहरु अडिसनबाट छनोट हुने बताइएको छ ।
परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता भने अनन्तमान श्रेष्ठ हुन् । अडिसन कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा फागुन २७ गते बिहिबार हुने निर्माण टिमले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस