• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

चलचित्र ‘प्रेमगञ्जको लागि कलाकारको खोजी,फागुन २७ गते थापागाँउमा अडिसन हुने

काठमाडौं । चलचित्र चौतारीको ब्यानरमा  नयाँ चलचित्र ‘प्रेमगञ्जको निर्माण हुने भएको छ । लागि कलाकारको खोजी गरिएको छ ।

 

बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यस फिल्मका लागि मुख्य एक जना नायक र दुई जना अभिनेत्री लगाएत कलाकारहरु अडिसनबाट छनोट हुने बताइएको छ ।

 

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता भने अनन्तमान श्रेष्ठ हुन् । अडिसन कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा फागुन २७ गते बिहिबार हुने निर्माण टिमले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार