• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

नेपाल बैंकद्वारा एक सय ९२ पदमा आवेदन माग

काठमाडौं । नेपाल बैंक लिमिटेडले झण्डै दुई सय जना कर्मचारीका लागि आवेदन माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि अनलाइन दरखास्त भर्न आह्वान गरेको हो।  

 

बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको छ।

 

इच्छुक व्यक्तिले चैत १२ गतेसम्म दरखास्त दिन सक्नेछन् । फारम भर्दालाग्ने शुल्क इसेवा, खल्ती, कनेक्ट आइपीएस वा फोन पेबाट पनि भुक्तानी गर्न सकिन बैंकले जनाएको छ  ।

 

फारम भर्नका लागि नेपाल बैंक लिमिटेडको वेवसाइट https://www.nepalbank.com.np/career.html  बाट भर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार