• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

मुस्कान खातुनलाई अमेरिकी सम्मान

काठमाडौं । तेजाब हमलामा परेकी मुस्कान खातुन अमेरिकी सरकारको अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित हुने भएकी छन् ।

 

अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङकनले खातुनलाई सो पुरस्कार वितरण गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।


यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक भएको  र नेपालकी पहिलो महिला भएको नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रवार  सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका  छन ।

 

यही मार्च ८ मा भर्चुअल माध्यमबाट सो सम्मान वितरण गर्न लागिएको हो । उनी सहित यो वर्ष सो सम्मान विश्वभरिबाट छानिएका १४ महिलाले प्राप्त गर्नेछन्।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार