• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदै, प्रधानमन्त्रीसँग एउटै मञ्चबाट विशेष समारोहलाई  सम्बोधन गर्ने

काठमाडौं । सरकार र विप्लव समुहबीच विहिबार भएको तीन बुँदे सहमतिपछि आज (शुक्रबार) नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुँदैछन् । ‘विप्लव’ आज २ वर्षपछि सार्वजनिक हुन लागेका हुन्।

 

राष्ट्रिय सभागृहमा विशेष समारोहलाई दिउँसो २ बजे प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

 

केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद निर्णयले विप्लव समूहलाई प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । सरकारले बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार