• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

बद्रीप्रसाद ढकालद्धारा लिखित पुस्तक ‘बुढ्यौली साहित्य' लोकार्पण

काठमाडौं । बुढ्यौली जीवनको विभिन्न अवस्थालाई आधार बनाएर बद्रीप्रसाद ढकालद्धारा लिखित पुस्तक ‘बुढ्यौली साहित्य’ को आज एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

 

ज्येष्ठ नागरिक बिशेष पुस्तकलाई प्रा.डा.तुलसी भट्टराई, प्रा.डा सुरेन्द्र केसी, आर.सी रिजाल, जनार्दन अधिकारी, रमेशचन्द्र अधिकारी, कुमार प्रसाद कोइराला, जसधोज गुरुङ, केशव प्रसाद पराजुली लगाएतले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

 

प्रा.डा. तुलसी भट्टराईले जेष्ठ नगरिक असुरक्षित रहेको बताउँदै मनमा भएको बुढ्यौली पनलाई भत्काउदै उर्जा भर्न साहित्य आजको आवश्यकता भएको बताए । 

 

एजिङ नेपालका संस्थापक तथा बुढ्यौली साहित्यका संस्थापक कृष्णमुरारी गौतम (चट्याङ मास्टर) ले बुढ्यौलीका समस्याका बारेमा साहित्य लेखन कम हुने गरेको र वर्तमान अवस्थामा यस्ता कृती आवश्यक रहेको बताए । लेखक ढकालले वृद्धवृद्धाका अनुभुतीहरुलाई  यस कृतीमा समावेश गरेका छन  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार