• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता सम्पन्न, भट्टराई भन्छन् - वार्ता सकारात्मक

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच आज एकै दिन दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ।

 

बुधबार बिहान पहिलो चरणको वार्ता गरेका टोलीले अपरान्ह दोस्रो चरणको वार्ता पनि सम्पन्न गरेका छन्। वार्ता सकारात्मक अवस्थातिर गएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।

 

‘नेपाल सरकार र नेत्रविक्रम चन्द ९विप्लव०ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो,’ भट्टराईले भनेका छन्, ‘वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार