• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

सांसदहरुलाई काठमाडौं नछाड्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन दिएको छ ।

 

फागुन २३ गतेको संसद बैठकमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौं मै रहन निर्देशन जारी गरेको हो।

 

संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न पर्सी शुक्रबार कांग्रेस संसदीय दलको बैठक समेत बोलाइएको छ । 

 

कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारीक रुपमै काठमाडौं बाहिर नजान र नगई नहुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार