• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

दशौं भौगर्भिक सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल भौगर्भिक समाजले फागुन २३ देखी २४ सम्म (सन् २०२१ को मार्च ७ देखी ८ सम्म) दशौं नेपाल भौगर्भिक सम्मेलन आयोजना गर्ने भएको छ। 


नेपाल भौगर्भिक समाजले यही मार्च ७-८ (फाल्गुन २३-२४, २०७७) मा गर्न लागेको दिगो बिकास र सम्बृद्दिको लागी भू-बिज्ञानू भन्ने मुख्य बिषय सहितको अन्तरराष्ट्रीय स्तरको दशौँ भौगर्भिक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सम्मेलन आयोजक समितिका कन्भेनर (संयोजक) तथा सह- प्राध्यापक डा.सुबोध ढकालले जानकारी दिएका छन।

 

नेपाल भौगर्भिक समाजले प्रत्यक २ बर्षमा एउटा भौगर्भिक सम्मेलन गर्ने गरेको छ। कोभिडको महामारीको बिच यस बर्षको सम्मेलन भर्चुअल् माध्यमबाट हुने भए पनि उद्घाटन सत्र भने आमन्त्रीत बिशिष्ट पाहुना, आयोजक समिती र नेपाल भौगर्भिक समाजका सदस्यहरुको उपस्थितिमा काठमाडौंको र्‍याडिसन होटलमा हुने भएको छ ।

 

सह-प्राध्यापक तथा बिपद व्यवस्थापन बिज्ञ डा सुबोध ढकालको संयोजनमा हुने यो कार्यक्रमको अध्यक्षता नेपाल भौगर्भिक समाजका अध्यक्ष रामप्रसाद घिमिरेले गर्ने कार्यक्रम छ । यस सम्मेलनमा नेपाल लगायत अमेरिका, बेलायत, फ्रान्स, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, पोल्याण्ड, भारत, पाकिस्तान, बंगलादेश, म्यान्मार आदी देशका बैज्ञानिक, अनुसन्धानकर्ता र सरकारी अधिकारीहरुले समेत भाग लिने र कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

 

बिशेषत खानीजन्य पदार्थको पहिचान र उत्खनन, पुर्वाधार बिकासमा इन्जिनिएरिङ्ग भूगर्भ बिज्ञान, प्रकोप ब्यबस्थापन र बिपद जोखिम न्युनिकरण, कोभिड-१९ र यसको असर, भूगर्भ बिज्ञानको उपयोग गर्ने नेपाल सरकारका निती र कार्यक्रमहरु, भूकम्प र भूकम्पिय जोखिम आदी बिषयमा झण्डै ८०  वटा महत्वपुर्ण कार्यपत्रहरु पेश हुनुका साथै बैज्ञानिकहरु बिच अनुभवको आदान प्रदान हुनेछ। 


कोभिड महामारिको सन्त्रासको बाबजुद बिभिन्न देशका बैज्ञानिक र अनुसन्धान कर्ताहरुले उत्साहका साथ यस सम्मेलनमा भाग लिनु नेपाल भौगर्भिक समाज प्रति मात्र नभई नेपाल देश प्रति कै सम्मानको रुपमा लिइएको छ।  सम्मेलनमा अमेरिका, जापान  र  भारतका प्राध्यापकहरुले समेत पहिरो जोखिम, जोखिम पत्ता लगाउन आवश्यक अनुसन्धान जस्ता बिषयमा 'कि नोट प्रेजेन्टेसन' समेत दिने कार्यक्रम रहेको छ।

 

यस बाहेक नेपाल सरकारका भूविज्ञान र बिपद ब्यबस्थापनसँग जोडिएका अधिकारीहरु लगायत नेपाली प्राध्यापकहरुले समेत 'कि नोट प्रेजेन्टेसन'दिने कार्यक्रम रहेको छ। सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र, छलफल, सुझाव र त्यसका निचोडहरु निती निर्माणमा सहयोगी हुने कारण नेपाल सरकारका  सम्बन्धित निकायहरुमा सुझावका रुपमा समेत पेश गरिने  छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार