• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय

काठमाडौं । फ्रान्सको अदालतले पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय तोकेको छ । 

 

सार्कोजीले आफूविरुद्ध लागेको एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोपमा अदालतले जेल सजाय तोकेको समाचार संस्था सीएनएनले जनाएको छ ।

 

अदालतमा बिचाराधिन मुद्दाको सुचना माग गरी सो बापत न्यायाधीशहरुलाई महत्वपूर्ण नियुक्ति दिने वाचासहित घुस दिन खोजेको आरोपमा जेल सजाय तोकेको हो । यो सजायसंगै सार्कोजी फ्रान्सको इतिहासमा भ्रष्टाचार आरोपमा जेल सजायँ पाउने पहिलो राष्ट्रपति बनेका छन् ।

 

६६ बर्षिय सार्कोजीका निजी कानुन व्यबसायीले भने सार्कोजीले आफु बिरुद्धको आरोपको सर्वोच्चमा अपिल गर्ने बताउँदै फैसला नभएसम्म कारागार जान नपर्ने जनाएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार