• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुल्यो : कोमल ओली 

काठमाडौं । गायिका कोमल ओलीले प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तलाई कडा जवाफ फर्काएकी छिन ।  सांसद तथा नेकपा ओली समूहकी नेतासमेत रहेकी ओलीले शनिबार साँझ ट्विटरमार्फत पन्त निच भएको आरोप समेत लगाएकी छिन् । त्यस्तै आज बिहान उनले आफनो फेसबुकमार्फत पनि पन्तको अभिव्यक्ति प्रति आपत्ति जनाएकी छिन् ।

 

उनले ट्विटरमा लेखेकी छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छ’,  उनले पन्तलाई प्रश्न गर्दै सोधेकी छिन्, तपाईँको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो र? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईँको जस्तो दरिद्र सोचको शिकार हुनुपर्छ र?’ 

 

ओलीले आफनो फेसबुकमार्फत पनि  एकअर्काको सम्मान गर्न नसिक्ने नेतृत्वले समाजलाई दुर्घटनातिर लैजाने बताएकी छिन् । पूर्वीय दर्शनदेखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन्,’ उनले थपेकी छिन्, ‘तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो ।’

 

‘नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ’, उनको प्रश्न छ, ‘उहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ ।विवेकहीन मानिसको आलोचनाले आफंैलाई आलोचित गर्दछ । यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला र ?’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार