• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

खसोग्गीको हत्या युवराजको निर्देशनमा

काठमाडौं । साउदीका पत्रकार जमाल खसोग्गीको हत्या त्यहाँका युवराज मोहम्मद बिन सलमानको निर्देशनमा भएको अमेरिकाले दाबी गरेको छ। बाइडन प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा युवराजले खसोग्जीलाई 'पक्राउ गर्न अथवा हत्या गर्ने' योजनालाई स्वीकृति दिएका थिए।

 

अमेरिकाले दर्जनौँ साउदीहरूमाथि प्रतिबन्ध लगाएको छ तर युवराजलाई भने लगाएको छैन। साउदी अरेबियाले उक्त रिपोर्टलाई अस्वीकार गर्दै त्यसलाई 'नकारात्मक, झुटो र अस्वीकार्य' बताएको छ।

 

साउदी राजसंस्थाको कट्टर आलोचक मानिने खसोग्गीको सन् २०१८ मा टर्कीमा रहेको साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो । यस घटनामा साउदी अरबको अदालतले पाँच जनालाई मृत्यु दण्डको फैसला सुनाएको भए पनि पछि २० वर्षको जेल सजायमा बदलिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार