• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

बलिउडका यी नायिका जसले बी ग्रेड फिल्महरुमा पनि काम गरे

मुम्बई । बलिउड नायिका कंगना रनावट र स्वरा भास्करबीच अहिले पनि सामाजिक सञ्जालमा बहसहरु चलिनै रहेछ । केही दिन अघि नायिका कंगनाले फिल्म रज्जौको आइटम गीत गर्दिन भनेपछि स्वराले उक्त आइटम गीत सामाजिक सञ्जालमा शेयर गरेकी थिइन । स्वराले कंगनालाई अनेकन आरोपहरु लगाएकी थिइन । उक्त आरोप लगाएपछि आफु पनि के कम भन्दै कंगनाले पनि स्वरालाई बी ग्रेडको नायिका भनेर आरोप लगाइन।  यो सत्य हो कि बलिउडमा कयौं नायिकाहरु छन्  जसले बलिउडमा प्रवेश गरिसकेपछि पनि बी ग्रेड फिल्महरुमा पनि अभिनय गरे । 


कैटरीना कैफ
मेने प्यार क्यूं किया फिल्मबाट बलिउडमा प्रवेश गरेकी नायिका कैटरीना कैफले आफनो अभिनयको शुरुवात बी ग्रेड फिल्मबाट सुरू गरेकी हुन। कैटरीनाले बलिउडका सुपरस्टार अमिताभ बच्चनसँग फिल्म ‘बूम’ मा अभिनय गरेकी थिइन। उक्त फिल्ममा उनले अमिताभसँग धेरै बोल्ड सीनका दृश्यहरू दिएकी थिइन। अहिले मुम्बई फिल्मी नगरीमा कैटरीनाको सफलता यती भयो कि आम दर्शकहरुले उनको बी ग्रेड फिल्मको छवीलाई चट्कै बिर्सिएका छन् ।

 
रेखा
बलिउडको सफल अभिनेत्री  रेखाले आफ्नो शुरुवाती क्यारियरमा धेरै फ्लप फिल्महरू गरिन । यो कुरा धेरैलाई थाहा छैन । रेखाले पनि बलिउडमा बी ग्रेड फिल्ममा अभिनय गरेकी छिन् । फिल्म कामसुत्रमा अभिनेत्री रेखा बोल्ड दृश्यमा देखा परेकी थिइन । जुन एकदमै मनमोहक देखिन्थ्यो । 


ममता कुलकर्णी
बलिउडमा कम फिल्महरुमा अभिनय गरेर अचानक बलिउड फिल्म क्षेत्रबाट हराउने नायिकाको सुमा पर्छिन ममता कुलकर्णी । ममताको बलिउडमा अन्तिम फिल्म ‘डिभाइन ट्याम्पल खुजराह’ थियो। जुन बी ग्रेड फिल्म थियो। फिल्ममा ममताले बोल्ड सीनहरु दिएकी थिइन। बलिउडमा ममताको नाम अन्डरवल्र्ड डनसँग जाडिएको थियो । उनले लार्गुेपदार्थ ओसारपसार गर्ने काम गरेको भनेर आरोप पनि लागेको थियो । 


नेहा धुपिया
इण्डियन कार्यक्रम रोडिजमा टिम लिडर बनेर काम गरेकी यी नायिकाले अजय देवगनको फिल्म ‘कयामत’ बाट बलिउडमा आफनो फिल्म क्यारियर शुरू गरेकी हुन । यस फिल्म पछि नेहा बी ग्रेड फिल्म ‘शीशा’ मा देखा परिन्। नेहाले मिस इण्डियाको उपाधी जितेपछि बलिउडमा प्रवेश गरेकी हुन।

 

मनीषा कोइराला
फिल्म ‘दिल से’ र ‘मन’ मा अभिनय गरेकी नायिका मनिषा कोइरालाले बलिउडमा धेरै फिल्महरुमा अभिनय गरिसकेकी छिन् । उनी आफनो फिल्मको क्यारियरको बीच समयमा करियरको बीचमा, मनीषालाई फिल्म अ लिटिल लव स्टोरीमा अभिनय गरिन्, जुन बी ग्रेड फिल्म थियो। उनले यस्तो बीग्रेड फिल्ममा अभिनय गरेको देखेर धेरै दर्शकहरु अचम्ममा परेका थिए । 


अर्चना पूरन सिंह
बलिउडमा आफनो हाँसोबाट सबैलाई मोहित बनाउने अभिनेत्री हुन अर्चना पुरन सिंह। उनले बलिउडको फिल्मी क्यारियर शुरुवाती दिनहरुमा धेरै बोल्ड फिल्महरुमा देखा परेकी थिइन । कलाकार शेखर सुमनसँग फिल्म रात के गुनाँहमा धेरै बेल्ड दृश्यहरु गरेकी थिइन । दैनिक भास्कर


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार