• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

IPO को नतिजा अब ‘मेरो सेयर, बिक्री प्रबन्धक र निष्कासन भएको कम्पनीको वेबसाइट’मा मात्रै

काठमाडौं । लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतालाई ध्यानमा राख्दै ‘मेरो सेयर, बिक्री प्रबन्धक र निष्कासन भएको कम्पनीको वेबसाइट’मा मात्रै आईपीओ नतिजा राख्ने सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

 

 सञ्चारमाध्यममा आईपीओलगायत अन्य धितोपत्र निष्कासनको नतिजा नपठाउन सीडीएसले निर्देशन दिएको छ । 

 

 गोपनीयतलाई ध्यानमा राख्दै अब आधिकारिक निकायको वेबसाइटमा मात्रै आईपीओ नतिजा राख्ने सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिएका छन ।

 

 आधिकारिक निकायबाट मात्रै आईपीओ नतिजा हेर्न सक्ने व्यवस्था गरिएको उनले बताए ।

 


फागुन १४ गत बाँडफाँड हुन लागेको महिला लघुवित्तको आईपीओबाटै उक्त व्यवस्था लागु हुने आचार्यको भनाई छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार