• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्न असम्भव भएको सल्लाहकार थापाको टिप्पणी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्न असम्भव भएको ठोकुवा गरेका छन् ।

 

बिहिबार सामाजिक सञ्जाल फेसबुकमा कटाक्ष गर्दै उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना  शून्य बराबर रहेको टिप्पणी गरेका छन ।

 

थापाले फेसबुकमा लेखेका छन्–‘ ‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार