• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

पेरिसडाँडामा दाहाल-नेपाल पक्ष र जसपाबीच सत्ता साझेदारीबारे छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका दुई अध्यक्षले जनता समाजवादी पार्टी, नेपालका नेताहरूसँग सत्ता सहकार्यबारे छलफल गरेका छन्।

 

नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका हुन ।

 

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए।

 

हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो ।

 

पुस ५ गते राष्ट्रपतिले बदर गरेको संसद फागुन ११ मा सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि हिजोदेखि राजनीतिक दलहरूबीच छलफलले तीव्रता पाएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार