• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

प्रचण्ड र गौतमबीच भेटवार्ता,सरकार समिकरणबारे छलफल

काठमाडौं । नेकपाका नेताद्धय पुष्पकमल दाहाल (प्रचण्ड) र  वामदेव गौतमबीच  भेटवार्ता भएको छ । दुई नेताबीचबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा एक घण्टा भेटवार्ता भएको हो ।

 

प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रचण्ड नेपाल पक्षमा अभिव्यक्ति दिएका गौतमले आज फैसलापछि पहिलो पटक प्रचण्डलाई भेटेका हुन।

 

दुबैबीच संसदमा खेल्ने भूमिका, नयाँ सरकारको समिकरण, अन्य पार्टीहरुसँगको सम्वन्धलगायतका बीचमा छलफल भएको स्रोतले जनाएको छ

 

अहिले गौतम कुनै समुहमा नभएपनि  प्रचण्ड-माधव र ओली समूह वामदेवलाई आफ्नो पक्षमा लिन निरन्तर प्रयास गरिरहेका छन् । वामदेव प्रतिनिधिसभा विघटनपछि दुवै समूहको केन्द्रीय समितिमा सहभागी भएका छैनन् ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार