• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरिने बताइएको छ ।

 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुनेछन् ।

 

सभापति देउवाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न पदाधिकारी बैठक राखेका छन्।

 

प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् ।

 

देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए। त्यसैले काँग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लागेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार