• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न प्रचण्ड–माधव समूहको निर्देशन 

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षले आफ्ना सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न निर्देशन दिएको छ । 

 

सिंहदरबारमा आज बसेको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सांसदहरुलाई सो निर्देशन दिएका हुन् ।

 

अनौपचारिक भनिएको बैठकमा ८० जनाको हाराहारीमा प्रतिनिधिसभा सदस्यहरु सहभागी भएका थिए। आजको बैठकमा आइनपुगेका अरु सांसदहरुलाई तत्काल उपत्यका बोलाइएको हो।

 

मंगलबार पुनःस्थापना भएपछि चितवनमा रहेका प्रचण्ड र माधव नेपाल कार्यक्रम नै छोडेर काठमाडौं आएका थिए। काठमाडौँ आएलगत्तै दुई अध्यक्षले भेटवार्ता र गतिविधि तीव्र पारेका छन्।

 

बैठकमा अध्यक्षद्वयले प्रतिगामी र प्रतिक्रान्तिकारी विरुद्धको लडाई जारी रहेकोले सतर्क रहन समेत सांसदहरुलाई सचेत गराएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार