• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

गायिका अन्जुले गरिन् थीरसंग बिवाह

काठमाडौं । गायिका अञ्जु पन्तले थीर कोइरालासँग विवाह गरेकी छिन्। उनले इलामका थीर कोइरालासँग बुधबार विवाह गरेकी हुन्। 

 

बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा बिहे गरेका हुन् । दुबै जना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा बिहे गरेका हुन् ।

 

गायिका अन्जुले थीरसँग आफ्नो तस्बिर फेसबुकमा पोस्ट गर्दै लेखेकी छन्, ‘धेरै माया।’ एक अर्कासँग निकट अन्जु र थीरले गत माघ तेस्रो साता आफ्नो सम्बन्ध सार्वजनिक गर्दै चाँडै विवाह गर्ने बताएका थिए।

 

भ्यालेन्टाइनमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए । उनीहरुले यस वर्षको माघमै बिहे गर्ने योजना भएपनि विविध कारणले सो मितिमा बिहे हुन सकेको थिएन । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएपछि भने उनीहरु नजिक भएका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार