• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
अर्थ

नेप्से १२ दशमलव ५६ अङ्कले बढ्यो

काठमाडौं । आज बुधबार शेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । नेप्से १२ दशमलव ५६ अङ्कले बढेर २५ सय ९९ दशमलव शून्य सात विन्दुमा पुगेको हो । बैंकिङ समूहको शेयर १५ अङ्कले बढेको छ ।

 

यस्तै व्यापारको साढे एक, होटलको साढे ४६, विकास बैंकको १८, फाइनान्सको ६, निर्जीवन बीमाको एक सय ८४, उत्पादनको ५४, माइक्रो फाइनान्सको २२ र जीवन बीमा समूहको शेयर एक सय ८० अङ्कले वृद्धि भएको छ ।

 

दुई सय चार कम्पनीका एक करोड ६७ लाख कित्ता शेयर ६ अर्ब ७० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ८२ करोड र निफ्राको ५६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

 

आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । गुमाउनेमा निफ्राका शेयरधनी छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार