• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

ओलीलाई प्रतिनिधिसभाको बैठकबाट गलहत्याइनेछ : पम्फा भुसाल

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको बैठकबाट गलहत्याउने बताएकी छन् ।

 

प्रतिनिधिसभा विघटन बदरको स्वागतमा बुधबार काठमाडौंमा कोणसभालाई सम्बोधन गर्दै  उनले ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरिन् ।

 

हारेको प्रतिगामीले उठ्ने प्रयास गरे त्यो दिवास्वप्न मात्र हुने भन्दै नेतृ भुसालले पशुपतिनाथमा गएर पूजा गर्नुभन्दा जनतासँग क्षमायाचना गर्न सुझाव दिईन । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको पनि राजीनामा माग गरिन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार